Logo
१० आश्विन २०८३, शनिबार
|  Sun Sep 27 2026

नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’


काठमाडौं। नेपालको औषधि उत्पादन कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ।

युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड अर्पण गरेको हो। उनी नेपाल औषधि उत्पादक सङ्घको पूर्वअध्यक्षसमेत हुन्।

एमडी फार्मास्युटिकल्सले नेपालमा पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ। यो दम, निमोनियासहित फोक्सोका रोगीहरूका उपचारमा प्रयोग गरिन्छ। सो औषधि कम्पनीले औषधि अनुसन्धान र विकासमा अग्रणी भूमिकासमेत निर्वाह गरिराखेको छ।

प्रमुख कार्यकारी अधिकृत दाहालले भने, “युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चद्वारा स्थापित ‘क्वालिटी अचिभमेन्ट अवार्ड नेपाली औषधि कम्पनीले प्राप्त गर्नु गौरवको विषय हो।” सो कम्पनीले पशु तथा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार