Logo
२४ जेष्ठ २०८३, आईतवार
|  Mon Jun 8 2026

निजामती कर्मचारीले अब प्रदेशस्तरकै अस्पतालबाट उपचार सेवा पाउने


काठमाडौँ । अब काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले प्रदान गर्दै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने भएका छन् ।

भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहलमा प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु गरिएको हो ।पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल, वीरगन्ज र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट सेवा उपलब्ध हुनेछ । आइतबार सम्झौता सम्पन्न भएसँगै सोमबारदेखि सेवा सञ्चालनमा आउनेछ। सेवा लिन निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा राख्नुपर्नेछ।

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार कर्मचारी तथा उनका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।

मन्त्रालयले अन्य प्रदेशका अस्पतालहरूको समेत सूचीकरण गरिसकेको र आवश्यक तयारी पूरा भएपछि छिट्टै देशभरका प्रदेश अस्पतालमार्फत सिभिल अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा विस्तार गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार