Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

सलले घाँटी कसेर श्रीमतीको हत्या


ललितपुरको कुपन्डोलमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरको टोलीले प्राविधिक अनुसन्धानपछि मृतकका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको हो। भुजेलले मंसिर १६ गते कोठामा श्रीमती जानुका मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो।

ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले एक्काराजले श्रीमतीको घाँटीमा सलले कसेर हत्या गरेको बताए। उनका अनुसार एक्काराज मदिरा सेवन गरी दिउँसो कोठा पुगेका थिए। आफूलाई श्रीमतीले थप्पड हिर्काएको भन्दै एक्काराम श्रीमतीमाथि जाई लागेका थिए।

‘काम गर्नु छैन, जाँडमात्र खानु हुन्छ भनेर श्रीमतीले रिस पोखेकी रहिछन्। त्यहीबेला एक्काराजले घाँटी कसेको पाइएको छ’, एसपी महर्जनले भने। घटनाका बेला उनीहरुका तीनैजना सन्तान स्कुल गएका थिए। मृतकका १६ वर्षीया छोरी तथा ९ र ६ वर्षका छोरा छन्।


प्रतिक्रिया दिनुहोस !
विचार