Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

एमाले र गैँडा एउटै हो : योगेश भट्टराई


नेकपा एमालेका सचिव योगेश भट्टराईले गैँडा र एमाले एउटै रहेको बताएका छन् । सोमबार चिनवनमा पे्रस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई गैँडा भनेर जिस्क्याउनेहरुलाई परिणाम पनि गैडाकै आउने चेतावनी दिए ।
एमालेको १० औं महाधिवेशनमा राखिएको मस्कटमा एकसिंगे गैँडाको विषयलाई लिएर यसअघि विभिन्न आलोचना भएपछि भट्टराईले यस्तो चेतावनी दिएका हुन् । उनले आलोचकलाई भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेका हैं । गैँडालाई कसैले जिस्क्यायो, हिर्कायो भने त्यसले छाड्दैन एमाले पनि त्यस्तै पार्टी हो ।’
हाल देशको स्थिति भद्रगोल अबस्थामा पुगेको भन्दै उनले ताजा जनादेशमा जानुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार