Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

उकालो लाग्यो शेयर बजार, लगानीकर्तामा उत्साह


निरन्तर ओरालो लागिरहेको शेयर बजार परिसुचक नेप्से बिहिबार भने उकालो लागेको छ ।
साताको अन्तिम कारोबार दिन नेप्से उकालो लागेको हो । बिहिबार नेप्से २३ दशमलब ७६ अंकले बढेर २८२४ दशमलब ८९ बिन्दुमा पुग्यो । लगातार शेयर बजार घटिरहँदा निराश बनेका लगानीकर्ता बिहिबारको बजार वृद्धिबाट भने उत्साहित बनेका छन् ।
यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । बुधबार ४ अर्ब २२ करोड रुपैंयाँको कारोबार भएकोमा बिहिबार ४ अर्ब ८१ करोड ५५ लाख रुपैंयाँको कारोबार भयो ।


प्रतिक्रिया दिनुहोस !
विचार