Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

मंसिर २८ गते एमसीसी पास गर्ने षड्यन्त्र हुँदैछ : माओवादी केन्द्र समाजवादी


मंसिर २८ गते संसदबाट एमसीसी पास गर्ने षड्यन्त्र हुन सक्ने भन्दै सबैमा सतर्क रहन नेकपा माओवादी केन्द्र समाजवादीले आग्रह गरेको छ । मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी विज्ञप्ती जारी गर्दै अध्यक्ष कर्णजीत बुढाथोकीले सम्पूर्ण नेपालीमा सतर्क रहन आग्रह गरेका हुन् ।
मंसिर २८ गते नै अमेरिकी सरकारले राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने अन्तिम अल्टीमेटम दिएको भन्दै अध्यक्ष बुढाथोकीले २८ गते नै नेपालमा संसद अधिबेशन आहवन गर्नुमा ठूलो षड्यन्त्र लुकेको बताए ।
माओवादी केन्द्र समाजवादीले एमसीसी सम्झौता खारेजका लागि दबाब दिने उद्देश्यले यही मंसिर २३ बाट ७ वटै प्रदेशमा हस्ताक्षर संकलन अभियान समेत सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
माओवादी केन्द्र समाजवादीले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार