Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेस सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सर्लाही क्षेत्र नम्बर ४ मा मंगलवार भएको अधिवेशनबाट सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंह विजयी भएका हुन् ।

मतपरिणाम अनुसार विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।मतपरिणाममा वीरेन्द्रको प्यानल नै विजयी भएको समितिले जनाएको छ ।

पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन्। कांग्रेस महाधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार