Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेसका तीनै समूह छुट्टाछुट्टै छलफलमा, आजै उम्मेद्वार टुंगो लगाउने तयारी


महाधिवेशन मिति नजिकिएसँगै नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला समूह छुट्टै छलफल जुटेको छ । महाधिवेशनमा आफ्नो समूहबाट उम्मेद्वार तय गर्न सिटौला निवासमा छलफल सुरु भएको एक नेताले जानकारी दिए ।

आजको छलफलबाट सिटौलाले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ । स्रोतले दिएको जानकारीअनुसार सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्न चाहेका छन् । तर उनको समूहभित्र देउवासँग जान नहुने मत रहेका कारण निर्णय हुन सकेको छैन ।

आजै देउवा र पौडेल पक्ष पनि छुट्टाछुट्टै छलफलमा जुटेका छन् । दुबै समूहले आजै प्यानल घोषणा गर्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार