Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

बलात्कार गर्नेलाई अदालतले सुनायो १८ वर्ष कैद सजाय


बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत संखुवासभाले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ। १३ वर्षीया किशोरी बलात्कार गर्ने खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समिर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ।

सोमबार जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले १८ वर्ष कैद सँगै ६ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २ हजार २ सय जम्मा गराउन आदेश भएको अदालतका संखुवासभाका सूचना अधिकारी डिल्ली प्रसाईले जानकारी दिए।

गत वैशाख १५ गते १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बर्देवालाई वैशाख १६ गते पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार