Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

एमाले अध्यक्ष ओली अस्वस्थ, भेटघाट कार्यक्रम बन्द


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई रूखाघोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम बन्द गरिएको उनको सचिवालयले जनाएको छ।

आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत आफू नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन्।

ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन्। आज बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार