Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

महिला हिंसा अन्त्यका लागि घर घरबाटै पहल गरौं : सहरी विकासमन्त्री झाँक्री


सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गरिनुपर्ने बताएकी छिन् । महिला सुरक्षा दबाव समुहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताएकी हुन् ।
समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भएपनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उनको भनाई छ । उनले विगतको महिला आन्दोलनलाई पनि जोड्दै भनिन्,‘ आजको यो उपलब्धी हिजोको आन्दोलन हो, संघर्ष हो, तसर्थ अबको आन्दोलन जोगाउने जिम्मा भावी पुस्ताको हो ।’
कार्यक्रममा महिला अधिकारका क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार