Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

शेखरलाई पौडेल पक्षको आधिकारिक उम्मेदवार बनाउने तयारी, प्रकाशमानले पनि उम्मेद्वारी दिने


नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन। सो पक्षमा पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबी गर्दै आएका थिए।

महाधिवेशन मिति नजिकिएसँगै एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडेका थिए। तर उनीहरुले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए। त्यसैले शेखरलाई आधिकारिक उम्मेदवार बनाउने प्रयास पनि गरिएको थियो। तर अर्का दाबेदार सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका थिए।

सिंहले बरु प्रतिस्पर्धामै जाऔं भनेर अडान राखेपछि पौडेल पक्षका अन्य नेताहरुले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्न लागेका छन्। सो पक्षको बैठक अनुपम फुडल्यान्डमा जारी छ। बैठकमा सभापतिका आकांक्षी भने आएका छैनन्।

दोस्रो तहका नेताहरुले शेखरलाई आधिकारीक उम्मेद्वार घोषणा गर्ने तयारी गरेपछि नेता सिंहले पनि एकल उम्मेद्वारी दिने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार