Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

रामचन्द्र पौडेललाई संस्थापनइतरको साझा उम्मेदवार बनाउने तयारी


सभापतिको उम्मेदवार टुङ्ग्याउन नसकेको नेपाली कांग्रेसको संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ। यसका लागि आज साँझ ५ बजे अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक बस्ने भएको छ।

पौडेलनिवास बोहराटारमा पुगेका नेताहरु मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी, गगन थापा लगायत नेताहरुले दुई कोइरालालाई साथमा लिएर अघि बढ्न पौडेललाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

पौडेलले भने टिमबाट सर्वसम्मत निर्णय गरेर आफूलाई उम्मेदवार बनाए मात्र चुनाव लड्ने बताएका थिए। ‘तपाईंहरु छलफल गर्नुस्, एउटा निचोड मा पुग्नुस्। टिमबाट सर्वसम्मत भए ठीक छ, नत्र म चुनाव लड्दिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै ती नेताले भने।

नेताहरुले भने पौडेल जसरी पनि उम्मेदवार बन्नुपर्नेमा जोड दिएका थिए। यसअघि नेता पौडेलले विज्ञप्ति नै निकालेर राजनीतिबाट सन्यास लिने तयारी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार