Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कांग्रेस महाधिवेशनमा बोल्दाबोल्दै माइक काटिएपछि ओलीले के भने ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दागर्दै एकाएक माइक काटिएको छ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले उद्घाटन सत्रमा बोलिरहँदा अचानक माइक काटिएको हो ।

आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली केहीबेर ड्यासमा उभिँदै माइकलाई हानेका थिए । धेरैबेर कुर्दा पनि माइकमा आवाज नआएपछि उनले ‘मैले छोड्दिए, शेरबहादुरजीलाई मैले छोड्दिएँ, धन्यवाद छ धेरै–धेरै शुभकामना’ भन्दै अफ्नो आशनमा पुगेका थिए ।

तर केही बेरपछि माइकको आवाज आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेरि बोल्न आग्रह गरे। त्यसपछि उहाँ पुनः ड्यासमा पुगेका ओलीले एक मिनेटमै सम्बोधन सकाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार