Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

फेरि सभापतिमा जितेँभने गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बनाउँछु : देउवा


नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने बताएका छन्। १४ औं महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने दाबी गरे।

प्रधानमन्त्री देउवाले महाधिवेशनले त्यस्तो निर्णय गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार निर्माणको जिम्मा आफूले लिने बताए। ‘महाधिवेशनले त्यो निर्णय गर्न सक्नुपर्छ। त्यो निर्णय गरेको खण्डमा गाउँदेखि केन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने।

सभापति देउवाले मञ्चबाटै भोट समेत मागे। उनले मञ्चबाटै भने,‘मलाई एकपटक जिताइदिनुस्।’ कांग्रेसको महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। भोलिबाट निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले आजै बन्दसत्र सक्ने तयारी कांग्रेसले गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार