नेपाली कांग्रेसका नेता एवं सभापतिका दाबेदार प्रकाशमान सिंहले आफ्नो प्यानलबाट सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउने भएका छन् । सिंहले आज पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्ने तयारी गरेका छन्।
संस्थापन इतरपक्षबाट सभापतिमा एकल उम्मेदवार बनाएर जाने भनिए पनि सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइरालाबीच कुरा नमिल्दा सम्भव हुन सकेको छैन। पछिल्लो समय सिंहले आफू एक्लै उम्मेदवार दिने भन्दै संस्थापन इतरको बैठकमा सहभागी भएका थिएनन्।
यता पौडेल पक्षले रामचन्द्रलाई साझा उम्मेद्वार बनाउने भनिएपनि सहमति जुटेको छैन । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ।





