Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

ओली नेपालका हिटलर हुन् : माधवकुमार नेपाल


एकीकुत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा आलीलाई हिटलरको संज्ञा दिएका छन् । शनिबार रुपन्देहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालले हिटलरको जस्तो स्वभाब भएका ओली कहिल्यै पनि सुध्रिन नसक्ने बताए ।
ओलीबाट कुनै पनि सम्भावना नदेखेरै आफूहरु विद्रोहमा लागेको उनले बताए । हिटलरलाई श्रीमतीले पनि सुधार्न नसकेको भन्दै उनले ओलीलाई पनि कसैले सुधार्न नसक्ने आरोप समेत लगाए ।
केही समयअघि सम्म नेकपा एमालेका बरिष्ठ नेताको रुपमा रहेका माधव कुमार नेपालले पार्टी भित्रको मतभेदका कारण छुट्टै एकीकृत समाजवादी पार्टी खोलेका थिए । अहिले ५ दलीय गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भई सरकारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार