नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला र प्रकाशमान सिंह र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । आ–आफ्नो प्यानल सहित नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपसभापतिमा देउवाले पुर्णबहादुर खडका र विजय गच्छदारलाई अघि सारेका छन् भने डा. शेखर कोइरालाले धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सारेका छन् । यस्तै प्रकाशमान सिंहले भने उपसभापतिमा सुजाता कोइरालालाई अघि सारेका छन् । महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट युवा नेता प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् भने कोइराला प्यानलबाट महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजाल रहेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
केही नेताहरुले बिना प्यानल समेत उम्मेदवारी दर्ता गराएका छन् । युवा नेता कल्याण गुरुङ र युवराज न्यौपानेले बिना प्यानल सभापति पदमा उम्मदवारी दिएका छन् ।





