Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

यी हुन् सभापतिका ६ उम्मेद्वार, को कति बलियो ?


नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभामा आज ५ बजेसम्मका लागि तोकिएको मनोनय दर्तामा कांग्रेस सभापति शेरबहादुर देउवासहितले उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाबाहेक, शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षी भए पनि अन्तिम समयमा उनले शेखर कोइरालालाई साथ दिएका थिए।

संस्थापन र इतरपक्षबाट २ २ जनाको उम्मेद्वारी परेको हो भने २ जनाले व्याक्तिगत रुपमा उम्मेद्वारी घोषणा गरेका हुन् । तुलनात्मक रुपमा देउवाको प्यानल बलियो देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार