Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

विचार र सिद्धान्तहिन भएपछि एमाले र काँग्रेसले भीड जम्मा गर्न थालेः प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन् । आज माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरे ।

एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा दिदैँ उनले एमाले अधिवेशन विचार हिनताको र विचार शुन्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए । त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे ।

अध्यक्ष प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाइ छ । उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार