Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

कांग्रेस महाधिवेशनमा यस्ता पानी ट्याङ्‍कमा खसालिनेछ मतपत्र


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा हुने निर्वाचनमा भोट खसाल्न प्लास्टिकको पानी ट्याङ्‍क प्रयोग गर्ने भएको छ। कांग्रेस महाधिवेशन स्थलमा सूर्योदय ब्राण्डका पानी ट्याङ्‍कहरु ल्याइएको हो। महाधिवेशनमा शनिबार बिहान १० बजेबाट मनोनयन दर्ता सुरु भएको छ। मध्याह्न १२ बजेसम्म ५० जनाभन्दा धेरैले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराइसकेका छन्।

निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ। कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ। पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !
विचार