Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित


नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत काँग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।

आज ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । सवा १२ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । कांग्रेको नयाँ नेतृत्वका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार