नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्छाइरहेका छन् ।
निर्वाचन समितिका अनुसार हालसम्म सभापतिमा ४२७६ मतगणना हुँदा शेरबहादुर देउवाले २०४६, शेखर कोइरालाले १६१५, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८, कल्याण गुरुङले १९ मत पाएका छन् । अब ४०३ मत गणना हुन बाँकी रहँदा जितका लागि देउवालाई २९४ मत आवश्यक देखिन्छ ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।मतदान दोस्रो चरणमा गएमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने इतरपक्षको तयारी छ ।





