नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने भएपछि शेरबहादुर देउवा र डा शेखर कोइरालाले सभापतिको रेशबाट बाहिरिएका उम्मेद्वारलाई फकाउन सुरु गरेका छन् ।
दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण आज बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका छन् । भेटमा खाँणले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेका छन् ।
स्रोतका अनुसार देउवाको दूतको रुपमा खाँणले प्रकाशमानलाई प्रधानमन्त्रीको अफर गरेका थिए । देउवाको संदेश सुनाउँदै खाँणले दोस्रो चरणमा सघाएको खण्डमा आगामी प्रधानमन्त्री प्रकाशमानलाई बनाउने आस्वासन दिएका छन् ।देउवाको चाहना प्रकाशमानले सरकार चलाउने र आफूले पार्टी चलाउने रहेको खाँणले सुनाएका थिए ।
सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएको बताइन्छ । यता कोइरालाले पनि सिंह र निधिलाई विभिन्न अफर गरेको बताइन्छ । शेखरले पनि सिंहलाई आफू सभापति बने प्रधानमन्त्री बनाउने बचन दिएको बताइन्छ ।
यसअघि सिंह र निधिले दोस्रो चरणमा कोइरालालाई सघाउने बताउँदै आएका थिए ।





