नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाले पार्टीमा रहेका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूले सघाउने निर्णय गरेको बताएका छन्। यस्तै सिंहले महाधिवेशन प्रतिनिधिको भावना पनि देउवाले नै चुनाव जितून् भन्ने भावना देखिएकाले आफूले आफ्नो टिमसँग सल्लाह गरेको सिंहको भनाइ छ।
प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। भेटपछि सिंहले पत्रकारहरूसँग भने, ‘अब दोस्रो चरणको निर्वाचनमा देउवालाई मेरो समर्थन रहनेछ।’
सिंहले भने, ‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभयो। विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’
सिंहले देउवासँग कुनै लेनदेन नभएको दाबी पनि गरे । दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे ३ बजेबाट सुरु हुँदैछ।





