दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा आज हुँदैछ । थोरै मतका कारण पहिलो चरणको चुनावमा विजयी हुन नसकेका देउवा निधिलाई भेट्न उनकै निवास पुगेका थिए । आफूलाई भेट्नका लागि आफ्नै निवासमा आएका देउवालाई निधिले समर्थन गर्ने बचन दिएको निधि निकट स्रोतले जनाएको छ ।
निधिलाई भेट्नुअघि नै देउवाले प्रकाशमान सिंहलाई पनि भेटेका थिए । सिंहले पत्रकार सम्मेलन नै गरेर देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।





