नेकपा एमालेले आज पनि संसद् चल्न नदिने भएको छ। सरकारले यस विषयमा चासो नै नराखेको र सभामुखले निरन्तर षड्यन्त्र गरिरहेको बताउँदै संसद्मा विरोध प्रदर्शन जारी राख्ने एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताए।
उनले भने, ‘अहिले हामीले विरोध मात्रै गरिरहेका छौं, आवश्यक परे भने अवरोध नै गर्छौं’, यसअघि पनि बलमिच्याइँका साथ संसद् चलाइएको भन्दै उनले बिरोध जनाए।एमालेकै कतिपयले नेताले संसद्मा भाग लिएर आफ्ना कुरा राख्नुपर्ने सुझाएको उनको भनाइ छ। तर, त्यस्तो गर्नु भनेको निरीहता प्रकट गर्नु रहेको ओलीले बताए।
सरकारले प्रतिपक्ष पार्टी फुटाउन लागेको र सभामुख त्यस खेलका मतियार बनेको बताउँदै यस्तो गतिविधि नसच्चिएसम्म विरोध जारी राख्ने बताए।





