नेकपा एमालेको अबरोधका बीच आज बसेको संसद बैठक आगामी पुस ६ गते सम्मका लागि स्थगित भएको छ ।
संसद बैठक अबरोध नगर्नका लागि सभामुखले एमाले सांसदहरुलाई बारम्बार आग्रह गरेपनि सांसदहरुले अटेर गरेका थिए । आजको बैठकमा अबरोधकै बीच विभिन्न अध्यादेशहरु टेबुल भएका छन् ।
भित्र एमाले सांसदहरुको अबरोध जारी रहेका बेला संसद भवन बाहिर भने एमसीसीका बिरोधमा चर्का नाराबाजी भएको थियो । आज एमसीसी टेबुल हुन सक्ने भन्दै विप्लब नेतृत्वको नेकपा सहितका विभिन्न दलले संसद भवन बाहिर वृहत प्रदर्शन गरेका थिए ।





