नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री पदको सपथ लिदैछन् ।
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै देउवा आज प्रधानमन्त्री बन्न लागेका हुन् ।
प्रधानमन्त्री पदको सपथका लागि तयार रहन राष्ट्रपति कार्यालयबाट देउवालाई अनौपचारिक जानकारी आएपनि औपचारिक पत्र आउँन भने बाँकी छ ।