Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

 प्रचण्डमाथि खनिए ओली, लगाए यस्तो आरोप


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइप्रति कडा आलोचना गरेका छन् । एमालेका नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै ओलीले लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरे ।

‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धरासयी ।’

जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई कुनै मतलव नगरी दाहालले अभिव्यक्ति दिएको उनले बताए । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको ओलीले आरोप लगाए । सेयर कारोबारीले चन्दा नदिएको झोंकमा बजारलाई ध्वस्त पारिदिन खोजिएको उनको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !
विचार