Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

उपसभापति मतगणना अपडेटः एक हजार मत गन्दा गुरुङको अग्रता, कस्ले कति मत पायो ?


नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। एक हजार मत गन्दा गुरुङले २५८ र खड्काले २४६ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।

यस्तै, विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। महामन्त्रीको मतगणना पनि आजै हुने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार