नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। गुरुङले लिड गरिरहेका छन् भने खड्काले पछ्याइरहेका छन्। १२०० मत गन्दा गुरुङले ५०२ र खड्काले ४९० मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।
यस्तै, विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। महामन्त्रीको मतगणना पनि आजै हुने निर्वाचन समितिले जनाएको छ ।





