नेपाल नागरिक अभियानले राजनीतिक समस्याको गाँठो फुकेपनि जनताको मनको गाँठो नफुकेको भन्दै राष्ट्रिय गोलमेच सम्मेलनको माग गरेको छ ।
संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि अभियानका राष्ट्रिय संयोजक डा. ठाकुरमोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् : ‘नेपाल नागरिक अभियानको अनुरोध : राजनीतिक समस्याको गाठो फुक्यो । जनताको मनको गाठो फुकेको छैन । कानूनी निर्णय आयो तर जनताको निर्णय बाँकी छ । तसर्थ, राष्ट्रिय गोलमेच सम्मेलन मार्फत राष्ट्रका मूल समस्या समाधान गर्ने यो उपयुक्त समय होइन ? अन्यथा नागरिक शक्तिले नै निर्णायक कदम उठाउन वाध्य हुनेछ । ’
अभियानका राष्ट्रिय संयोजक डा.श्रेष्ठले संसद पुनःस्थापनाले जनताका माग सम्बोधन हुन नसक्ने जिकिर गरेका छन् । सदनका भोलिका कृयाकलापले राजनीतिक कुचाल देखाउने उल्लेख गर्दै उनले लेखेका छन् ‘ संविधानको परिभाषा भयो होला । कानून विदहरूको कमेन्ट आइरहेका छन र जरूर आउला नै । वन पसेका वस्तुभाउलाइ फेरी गोठालाहरूले गोठमा हुले झै पुनः सदनमा हुलीए पनि पात्र र प्रवृत्ति उनै । कहिले सम्म ? अवका राजनीतिक कुचालले वताउने नै छ । मातृभूमीको माटो, सनातन पहिचान र राष्ट्रियताको जगमा टेकेर सहासिक कदम उठाऔ समस्यमा नै समाधान छ । आन्तरिक राजनीतिक रोगको उपचार गरौ । नेपाल र नेपाली वचाऔं र वनाऔं नेपाली बलबुतामा । ’