Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

महामन्त्रीको मतगणना अपडेट : गगन र प्रदीपले लिए अग्रता, कस्को कति मत ?


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। बिहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्।

३०० मत गणना गर्दा गगन थापाले २०० मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले ११० मत प्राप्त गरेका छन् । त्यसैगरी विश्‍वप्रकाश शर्माले १०४ मत प्राप्त गरेका छन्।

डा। प्रकाशशरण महतले ९१ र डा। मिनेन्द्र रिजालले ५५ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा राजराम कार्कीले ५ मत प्राप्त गरेका छन्। अन्य पदाधिकारीको पनि आजै मतगणना गर्ने निर्वाचन समितिको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार