Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

महामन्त्रीको मतगणना : ६०० मत गन्दा गगन र विश्वप्रकाशलाई अग्रता


नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ६०० मत गन्दा थापाले ३८१ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् ।

प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। अन्य पदाधिकारीको पनि आजै मतगणना गर्ने निर्वाचन समितिको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार