Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

९०० मत गन्दा गगनको फराकिलो अग्रता, कसको कति ?


नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । ९०० मत गन्दा गगनले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ३५७, प्रदीप पौडेलले ३००, प्रकाशशरण महतले २९७ र मीनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत प्राप्त गरेका छन् ।

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

अन्य पदाधिकारीको पनि आजै मतगणना गर्ने निर्वाचन समितिको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार