Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

ओलीको चिन्ता : भोलिदेखि खोप आफैंले ल्याएको भन्ने पो हुन् कि !


निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार छाड्नुअघि आफूले गरेका कामको जस देउवा सरकारले लिने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले कोरोना खोप ल्याएको तर, त्यसको वितरण भोलिबाट देउवा सरकारले गरेर जस लिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । कामको जस लिने होडबाजीमा आफू नरहेको भन्दै ओलीले भोलिबाट अर्को सरकार होडबाजीमा उत्रन सक्ने बताएका हुन् ।
पहिलोपटक प्रधानमन्त्री बनेका बेलामा पनि ओलीले पदबाट बाहिरिने समयमा कामको जस अरुले लिने भन्दै चिन्ता व्यक्त गरेका थिए । विकास निर्माणका धेरै काम भइसकेको भन्दै उतिबेला ओलीले धाराबाट पानी आउने तहसम्म आफूले काम गरेको तर, लगत्तैको सरकारले टुटी घुमाएर जस लिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । ओलीको त्यो भनाईको तत्कालिन समयमा व्यापक आलोचना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार