सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत घर बताउने ४८ वर्षीय प्रमोदकुमार र ३७ वर्षीय आशिष कुमार छन्। सर्लाहीको मलंगवा नगरपालिका- ८ स्थित सीमा इलाकाबाट शनिबार उनीहरू पक्राउ परेका हुन्।
बी आर ३०वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीसमक्ष बुझाइएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।त्यस्तै, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा इलाकाबाट पुस २ गते सशस्त्र प्रहरीले ७ लाख नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ८ बस्ने २१ वर्षीय तुलसी साह छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको स्रोत खुलाउन





