Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चर्चभित्र ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला


बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए। घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार