Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ५ बंगलादेशी नागरिक पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन्। हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट आएका बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनी काठमाडौं हुँदै बंगलादेश जान लागेका बेला विमानास्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्दा २३३ ग्राम सुनको बिस्कुट २ थान र १०० ग्रामको चेनरोल एक थान गरी जम्मा उक्त परिमाणको धातुसहित फेला पारिएको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार