Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

‘कबड्डी ४’काे टिजरसँगै प्रदर्शन मिति सार्वजनिक (भिडियाेसहित)


चलचित्र ‘कबड्डी ४’को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रको टिजरसँगै यसको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट रिलिज हुने भएको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार