Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

देउवा सरकारको आयु माधव नेपालको हातमा


अदालतबाट ओली सरकारलाई विस्थापन गरी प्रधानमन्त्री बनेका शेर बहादुर देउवा कति समय प्रधानमन्त्री पदमा टिकिरहन्छन् भन्ने कुरा एमाले नेता माधवुमार नेपालको हातमा रहको छ ।
सोमबार प्रधानमन्त्री पदको सपथ लिएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, माधव कुमार नेपाल पक्षले असहयोग गरे अहिलेकै अवस्थामा देउवाले विश्वासको मत पाउँन कठिन छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको कुल मत जोड्दा पनि देउवाका पक्षमा बहुमत पुग्दैन । बहुमत पु¥याउनका लागि देउवालाई कि त जसपाको महन्थ ठाकुर पक्षले सहयोग गर्नुपर्छ कि त एमालेकै सहारा चाहिन्छ ।
देउवालार्ई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर सहित अदालतसम्म पुगेका माधवकुमार नेपालले अदालतको फैसलासँगै बोली फेरेका छन् । देउवालाई विश्वासको मत दिने या नदिने भन्ने कुरा पार्टीको संस्थागत निर्णयमा भर पर्ने उनको पछिल्लो भनाइ छ । एमालेको संस्थापन पक्ष देउवाका पक्षमा छैन । जानकारहरुका अनुसार सोमबार सपथ ग्रहण समारोह नै बहिष्कार गरेका केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने निर्णय पक्कै गर्दैनन् । यसको अर्थ एमालेको संस्थागत निर्णय देउवाका पक्षमा हुने सम्भावना छैन ।
तर, देउवालाई प्रधानमन्त्री बनाउँन अदालत पुगेको माधवकुमार नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निर्णय ग¥यो भने चाहिँ देउवाको प्रधानमन्त्री पद बाँकी समयका लागि सुरक्षित देखिन्छ । माधव नेपाल पक्षले त्यो निर्णय गर्ला या नगर्ला अहिल्यै यसै भन्न नसकिने राजनीतिक विश्लेषकहरुको भनाइ छ । उनीहरुका अनुसार एमालेको आन्तरिक राजनीतिमा देखिने विकसित घटनाक्रमलाई आधार मानेर मात्रै केही भन्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार