Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

तीन दिनदेखि बेपत्ता २२ वर्षीया रुक्सार खातुन मृत फेला


तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी एक महिला मृत फेला परेकी छन्। मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन्। खातुन हराउको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए।

खोजि गर्दा उनी घर नजिकैको सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार