Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

लामो दुरीको गाडी भाडा २८ प्रतिशतले बढ्यो


यातायात विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा वृद्धि भएको जनाएको छ ।
विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरिएको जनाएको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनको भाडा साविकको भाडामा २८ प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २६ प्र्रतिशतले वृद्धि गरिएको छ ।
इन्धन, गाडीको पाटपुर्जा, लुब्रिकेण्ट लगायतमा मुल्यवृद्धि भएपनि २०७२ सालयता यातायातका साधनको भाडा यथावत रहेकाले वृद्धि गर्नुपरेको विभागको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार