Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

विप्लवले आज माधव नेपालसँग पनि भेटे, वृहत कम्युनिष्ट पार्टी निर्माणको प्रस्ताव


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
माधव नेपाललाई भेट्न विप्लब आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । अघिल्लो दिनमात्रै विप्लबले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका गरेका थिए ।
नेपालसँगको भेटमा विप्लबले के कुराकानी गरे भन्ने विस्तृत सार्वजनिक भएको छैन । तर, शान्तिपूर्ण राजनीतिमा आएपछि ओलीले आफूहरुलाई थप सिध्याउने रणनीति बनाउन थालेको भन्दै उनी ओलीसँग रुष्ट थिए । संसदीय व्यवस्थाका विरोध रहेका विप्लबले संसद पुनःस्थापनापछि माधव नेपाल, प्रचण्ड लगायतसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
स्रोतका अनुसार प्रचण्डसँग पूर्व माओवादीका सबै घटकहरुबीच एकताको प्रस्ताव राखेका विप्लबले माधव नेपालसँग वृहत कम्युनिष्ट एकताको प्रस्ताव राखेका छन् । ओलीबाट पछिल्लो समय अपमानजनक व्यवहार खेप्दै आएका नेपाल विप्लबको प्रस्तावमा सकारात्मक रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार