जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले शेरबहादुर देउवालाई विश्वासको मत कुनै हालतमा नदिने बताएका छन् ।
रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा नेता कर्णले कांग्रेसलाई मधेशका मुद्दाप्रति कहिल्यै कुनै प्रकारको चिन्ता नभएको आरोप लगाए ।
देउवा सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘ देउवालाई विश्वासको मत दिन हामी बहुलाएका छैनौं, कांग्रेसलाई मधेशको मुद्दाप्रति होइन भोटप्रति मात्रै चिन्ता छ ।’





