Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

प्रधानमन्त्रीले विश्वासको मत नपाउँने भन्ने कुरै छैन : विश्वकर्मा


????????????????????????????????????

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउँने दाबी गरेका छन् ।
रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा नेता विश्वकर्माले यसअघि संसद पुनःस्थापनाको मागमा रहेका सबै सांसदले देउवालाई विश्वासको मत दिने दाबी गरे । उनले भने,‘संसद पुनःस्थापना र प्रधानमन्त्रीमा देउवाको नियुक्तिका लागि ६ घण्टासम्म पानीमा भिजेर सर्वोच्च अदालतमा लाइन लागेका सबै सांसदले विश्वासको मत दिनुहुन्छ, मलाई त्यसप्रति शंका छैन ।’
एमालेको माधवकुमार नेपाल पक्षका सांसदले मात्र नभई ओली पक्षका सांसदले पनि देउवालाई विश्वासको मत हाल्ने उनले विश्वास व्यक्त गरे । संविधानका प्रावधान मिचेर ओलीले यसअघि चुनावको घोषणा गरेका कारण आफूहरु त्यसप्रति असहमत रहेको उनको भनाइ थियो । देउवाले विश्वासको मत नपाएको खण्डमा भने चुनावमा देश जाने उनले संकेत गरे । तर, त्यो अवस्था आउने आफूले कल्पना नै नगरेको उनको भनाइ थियो ।
ओली सरकारले गरेका राजनीतिक तथा अन्य नियुक्तिबारे कानुनी ढंगले सोचिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार