Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

देउवालाई ओली पक्षधर नेताको सुझाव : विश्वासको मत चाहिँ लिइहाल्नुहोस्


नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत चाँडै लिइहाल्न सुझाव दिएका छन् ।
रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा ओली सरकारका मन्त्री समेत रहिसकेका तामाङले देउवालाई ढिला नगर्न सुझाव दिँदै भने, ‘ हाम्रो पार्टीको विवाद मिलिहाल्यो भने तपाईँले विश्वासको मत पाउँनुहुन्न, त्यसैले १ महिना नकुर्नुस् छिट्टै अघि बढिहाल्नुहोस् ।’
‘१ महिनासम्म एमालेको विवाद मिलिहाल्यो भने के गर्नुहुन्छ ?’ तामाङले भने,‘ परमादेशका आधारमा प्रधानमन्त्री बन्नुभएको छ त्यो पनि खुस्किएला । ’ देउवाले विश्वासको मत पाउँन कठिन रहेको बताउँदै उनले देउवाले नै एक महिनापछि चुनावको घोषणा गर्ने दाबी गरे ।
देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु एमाले हुन नसक्ने भन्दै उनले बाटो भने अदालतले नै खुला गरिदिएको बताए । देउवा नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेर चुनावमा जानपर्ने अवस्था आयो भने देउवा नेतृत्वको सरकारले गराउँने चुनावमा भाग लिनुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘ हामी चुनावदेखि डराउँदैनौं, देउवाले गराउने चुनावमा भाग लिन्छौं ।’


प्रतिक्रिया दिनुहोस !
विचार