Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

ज्योतिषीले जुराए प्रधानमन्त्रीको बालुवाटार सर्ने साइत


प्रधानमन्त्री शेरबहादुर देउवा बिहान ९ः५७ बजेको साइतमा बालुवाटार सर्दैछन् । हरेक ठूला निर्णयका लागि ज्योतिषीलाई देखाउँदै आएका देउवा ज्योतिषीको सल्लाह बमोजिम नै साइत हेराएर बालुवाटार सर्न लागेका हुन् ।
शुक्रबार बिहान ९ः५७ बजे राम्रो साइत छ त्यसअघि बालुवाटार नसर्नु भन्ने ज्योतिषीको सल्लाहका कारण यसअघि प्रधानमन्त्री बालुवाटार सरेका थिएनन् । बालुवाटार सर्दा विशेष पूजाआजाको कार्यक्रम राखिएको छ ।
पाँचौ पटक प्रधानमन्त्री बनेका देउवालाई ज्योतिषीले ७ पटक सम्म प्रधानमन्त्री बन्ने योग रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार