आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशभर अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।
आज देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । तराईका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।





